Sunday 25 October 2009

About me

नेपालको पूर्बी पहाडी ईलाका मा पर्ने खोटाङ जिल्ला महेश्वोरी गाबिस को वडा न ७ माथाचौर मा २०४६/०६/१० मेरो जन्म भएको हो । मेरो बल्यकालको अबस्था त्यही नै बित्यो र प्राथमिक अध्ययन पनि त्यही नजिकै को श्री अमर शहिद प्राथमिक बिद्यालयमा नै सिके र सकाए पनि त्यो बिद्यालए अर्कै वोडा मा पर्दथ्यो भएता पनि नजिक र सुबिधा मलाई तेहिनै थियो । त्यहाँ नेवारी समुदाएको बासस्थान बदी भएता पनि कुनै फरक भने थिएन । त्यहाका हर वोट विरुव , पशु पंक्षि सँग रमाउदै खेदै बाल्य काल पार गर्दै प्राथमिक त्यहाँ को अध्ययन पछि माद्यमिक तहको लागि तयारी हुँदै गयो र म माद्यामिक पदाइकोलागी भने गाउकै श्री शिशु माद्यामिक बिद्यालयमा भर्ना भएर आफ्नो अध्ययन लाई अगाडि बढाउदै लगे लगातार अध्ययन को क्रममा करिब ५ बर्ष पछि मेरो माद्यामिक तहको अध्ययन पनि पुरा भयो पुरा हुने क्रममा एस एल सी परिक्षा को तयारी हुँदै थियो त्यो समएमा नेपालमा सकट कालको अवस्था थियो र परिक्षा दिनको लागि हाम्रो परिक्षा केन्द्र घर बाट ७ घण्टा टाढा सदरमुकान दिक्तेल्मा हुने भयो र म साथै मेरा साथीहरु हामी अलिक छिटो नै जाने निर्णय गरी ३ दिन अगाडि नै घर बाट बाटो लाग्यो । परिक्षा दिने क्रम हरु जारिनै थियो र हामी रमाइलो पनि गरिनै राखेका थियौ नभन्दै १५ दिन बितेछ र परिक्षा पनि सकियो हामी सबै आ आफ्नो घर लाग्यो परिक्षा को नतिज कस्तो होला भनी पर्काइमा बसिराखेक थियौ नभदै ३ महिना बितेछ नतिजा प्रकशित भयो हामी हाम्रो नमबर हेर्न खुल्दुल भेरखेको थियो फेरी त्यहाँ कम्प्युटरको ब्यबस्था पनि त थिएन रेडियो सुन्नु बहेक र टेलिफोनमा सुन्न बाहेक अरु हामी सँग कुनै उपाएनै थिएन । नभन्दै हाम्रो मार्कसिट हाम्रो स्कुल मा आइपुगेछ र बल्ल त हेर्नु हामी सबै पुगेका थियौ र हामी जममा ४५ जना ले दोश्रो श्रेणिमा र १० जनाले प्रथम श्रेणिमा नाम निकलेका थियौ हामी सबै खुशीले आनन्दित थियौ र अब +२ पढ्न को लगी हामी आ आफ्नो कुरा गदै घर तिर लायौ । तेसपछी परिस्थिती अनुसार म लगाएत मेरा आधा भन्दा बढी साथीहरु तेही को नजिकै रहेको श्री त्रिभुवन उच्च माद्यामिक बिद्यालयमा पदने बिचार गरी हामी फेरी भर्ना भएर +२ को अध्ययन तिर लाग्यौ ...................................

No comments:

Post a Comment