Tuesday 27 October 2009

म र मेरो सुन्दर गाउ

आहा! कति रमाइलो छ । त्यो मेरो घर पर्तिरको ठुलो सेगेलेमको जङल अनी यता पटटी फापर स्वारा घरमाथीको ठुलो थाम डाडा अनी पर्तिर भोटेको बारी अनी है अलिकती तल्तिर सनो थाम मेरो सधै नै बस्तु चराउने ठाउँ आहा कति रमाइलो छ तेहाका भिर पाखाहरु म कहिल्यै पनि भुल्न सक्दिन । सधैं नै मेरो घास दाउर गर्ने ठाउँ है बिहानै म मेरा साथीहरु सँग घासमा जान्थे है कस्तो रमाइलो पो हुन्थ्यो है आहा !ती मेरा ठुलो भैंसी धेरै दिने अनी एउटा रागा एक हल गोरु है। हामी त ! साह्रै नै रमाइलो गर्दै मेला पात गरेको है अनी बैशाख मा मकै गोदै असारमा मकै बारी भित्र कोदो रोप्दा है कति मजा भएको थ्यो है । कैले चै पानी परेर बिजोक हुँदै काम गरेको पनि यादहरु आउछ जुका सँग लडाईं गर्दै पनि काम गर्नु पर्ने कही चै सारैनै दु:ख लगेर आउथ्यो। जे भएपनी म जन्मेको मेरो मात्री भुमी आहा म कहाँ भुल्न सक्छुर अनी मेरा ती साथीहरु काले, मेघे ,किसोर ,सेरे, रढिका , पवित्र ,कोपिला ,दल्ली ,चमेली हरु अहीले कहाँ कहाँ पुगेका होलान है अनी मेरो आमा बुवा दजुभै अनी दिदिबहिनीहरु आहा कति रमाइलो छ थ्यो ठाउँ । सुन्दै छु मेरा साथीहरुले त कसैले बिहे पनि गरे अरे कोइ चै पढाईको लागी राजधानी काथमान्डोउ तिर छन् अरे तर जे भएपनी गरेर खाएका छन् खुशी नै लागेको छ म पनि त अहीले धरान आएको चार साल भैसकेछ । समय गएको थहानै हुदैन है गाउको परिस्थिति र शहरको परिस्थितिमा धेरैनै अन्तर छ । सहरमा भनेको सबै कुरा पैसा मात्रै हो रैछ तर यस्तो कुरा मैले गाउमा कहिल्य पनि भोगेको थिएन । पहीले त सम्झ्न्थे शहर आहा कति रमाइलो हुन्छ गाडिमा चड्न पाइन्छ मोटर साइकल मा बसेर घुन्न पाइन्छ रे पैसा पनि कमाइछ रे हो तर यो गर्न सकिदैंन किनकी शहर भनेको त ठुलो बडा हरुको लागि मात्र हो । हामी जस्तोको लागि त्यस्तो शहर बनेकै छैन । यहाँ त ठुलो ठुलो भुँडी ठुलो ठुलो हात खुट्टा हुने अग्ला अग्ला गोरा गोरा मन्छे मात्र बस्ने ठाउँ रहेछ । अहीले को यो नयाँ फेसनले गर्दा सबै तेसैमा बेस्त छन् कसैलाई पनि कहीको मत्लब छिन् कस्तो होला है यो संसार । अहीले त सबैतिर कम्प्युटरको जमाना छ रे अनी सबै कम्प्युटर सिक्ने र अङ्ग्रेजी भाषा सिक्ने अनी अङग्रेजी मा नै बोल्ने धेरै नै साईबर क्याफे खोलिएकाछन र धेरै नै होटेल रेस्टुरेन्ट हरु पनि खोलिएका छन् यहाँ अहीले अबत नेपाल मा पनि होइन सबै पढाइको लागि बिदेश मा जाने क्रम दिन दिनै बद्दै गैराखेको छ । अहीले मैले शहरमा धेरै को बिजोक पनि देखेको छु र धेरैको मजा पनि छ त्यो आफ्नै ठाउमा छ । मलाइत मेरै गाउको याद हरु आइरन्छ त्यो राइ गाउ, लिस्पु ,तिन्तेफार, बिजयखर्क , फुर्से अनी ऐसेलुखर्कको बजार है हामी सधैं नै शनिबार बजार जान्थ्योउ आहा है कति रमाइलो हुन्थ्यो । मेरो घर माथिको त्यो ठुलो मुल्बाटो शनिबार को दिन हामी साथीहरु मिलेर केटी लाई जिस्काएको अनी पानी डाडामा संगै पानी खाएको है आहा कस्तो रमाइलो हुन्थ्यो । कोइबेला मा भने साह्रै नै उपद्रो पनि गरिन्थ्यो तर खासै ठुलो चै होइन । सुन्दै छु अहीले त सबैले गाउलाई छोडेर सबै शहर तिर छिर्दैछन रे। अब को केही साल्मा त त्यो ग्गौ पनि रित्तो हुदो है दु:ख लगेर आउछ खै के गर्नु र केही गर्न सकिने होइन आखिरमा तर ...................................

No comments:

Post a Comment